कात्तिक मसान्त सम्ममा लागू औषधको अभियोगमा ३४ ओटा मुद्दा दर्ता

टुडे संवादाता
२३ मंसिर २०७८, बिहीबार १८:३३

हेटौंडा/जिल्ला प्रहरी कार्यलय मकवानपुरमा आर्थिक बर्ष २०७८ को कात्तिक मसान्त सम्ममा लागू औषधको अभियोगमा ३४ ओटा मुद्दा दर्ता भएको छ । जस अनुसार ५० जना पुरुष र १ जना महिलालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरीकार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले २० बर्ष उमेर देखि ४० बर्ष उमेर समुहको मानिसलाई नियन्त्रणमा लिईएको हो । त्यस्तै जबरजस्ती करणीको १५ ओटा मुद्दा दर्ता भएको छ । मुद्दामा १२ जना पुरुषलाई नियन्त्रणमा लिएको छ भने ५ जना अभैm फरार छन् । पक्राउ करणीमा पक्राउ पर्नेमा १३ वर्षिय बालक देखि ६४ बर्सिय बृद्ध रहेका छन् । जबरजस्ति करणि उद्योगिको अभियोगमा ३ ओटा मुद्दा दर्ता भएका छन् । प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ भने अन्य २ जना पुरुष अझै फरार छन ।

मकवानपुर अनुसार विभिन्न समयमा भएको दुर्घटनमा १६ ओटा मुद्दा दर्ता भएको र १७ जना पुरुषलाई नियन्त्रणमा लिईएको छ । त्यस्तै बहुविवाहको अभियोगमा ३ ओटा मुद्दा दर्ता भयको र जसअनुसार ३ जना पुरुष र २ जना महिला रहेको छन् भने १ जना महिला फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले औषध देखि बहुविवाह सम्मको मुद्दामा १०३ जना पुरुष र ३ जना महिलालाई नियन्त्रणमा लिईएको छ । फरार हुनेको संख्या भने ८ जना रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*