काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनीत सदस्यहरूले आज अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका छन्। मनोनीत ४४ सदस्यहरूमध्ये सातजना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू छन् भने ३७ जना नयाँ छन्। यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो।
एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कुल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनीत गरिएको हो।
सेयर गर्नुहोस्