नेप्से सूचकमा बुधबार सामान्य गिरावट

टुडे संवादाता
२०७८ मंसिर २९, बुधबार १५:४१ गते

काठमाडौं /नेप्से सूचकमा बुधबार सामान्य गिरावट आएको छ । सूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा अडिएको छ । ४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सामलिङ पावर कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा बुधबार निकै उतारचढाव देखिएको छ । मंगलबार ६% बढेर सर्किट लागेको बजार बुधबार पनि खुल्ने बित्तिकै तेज गतिमा बढेको थियो । नेप्से २४९२ विन्दु आपपाससम्म पुगेको थियो । बजार बेस्सरी बढेपछि कारोबारीले नाफा बुक गरे ।त्यसपछि केही तल झर्यो । यसरी घटेको बजार पटकपटक माथि पनि गयो । फेरि तल भर्यो । यसआधारमा बुधबार सूचक हरियो र रातो हुनेक्रम चलिरह्यो । यसअघि बजार धेरै घटेकाले लगानीकर्तामा त्रसित मानसिकता हावी भएको देखिन्छ ।

कतै, फेरि बजार पहिले जस्तै घटिहाल्ने त होइन भन्ने त्रसित मानसिकताका कारण बुधबार नेप्से अस्थिर बनेको विश्लेषकहरुले बताएका छन् । यस दिन कारोबार रकममा सुधार भएको छ । बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरिसकेका छन् ।निरन्तर घटेपछि बजारमा सेयर भाउ निकै सस्तो भइसकेको अवस्था छ । यी परिदृश्यहरुका आधारमा बजार विस्तारै माथितिरै जाने अनुमान गरिएको छ । अर्थमन्त्रीले पनि लगानीकर्ताहरुलाई भेटेर सेयर बजार सुधारका कार्यहरु अघि बढाइने आश्वासन दिएका छन् । तरलता समस्या समाधान गर्न उनले निजी क्षेत्रसँग सुझाव मागेका छन् ।

अब तत्कालै तरलता अभाव समस्या समाधान गरिने उनले बताएका छन् ।सरकारी खर्चको रफ्तार बढाएर वित्तीय प्रणालीमा लगानीयोग्य रकम सहज बनाउने पनि उनको भनाई छ । यी घटनाक्रमहरुका आधारमा आगामी दिनमा सेयर बजारको गति सकारात्मक हुने अपेक्षा गर्न सकिन्छ । यतिबेला सेयर भाउहरु निकै सस्तो भइसकेको अवस्था छ ।

सस्तो मूल्यमा सेयर किनेर तत्कालै लाभांशसमेत हात पार्न सकिने अवस्था छ । यसकारण यतिबेला सेयर खरिद गर्दा घाटाभन्दा लाभको सम्भावना अधिक हुन सक्ने विश्लेषणहरु पनि भइरहेका छन् ।अधिकांश कम्पनीहरुको पीई रेसियो निरन्तर घटिरहेको छ । यसले बजारमा सेयर भाउ सस्तो भइरहेको देखाउँछ । यद्दपि, खरिदबिक्री सम्बन्धी निर्णय लगानीकर्ताले आफ्नै स्वविवेकमा गर्नुपर्छ । पुस लाग्ने तरखर गर्दैछ । अब सरकारी खर्च बढ्न थाल्ने अनुमान गर्न सकिन्छ । त्यस्तै, स्थानीय निकायको निर्वाचन मिति पनि नजिक आइसकेको छ । यी परिदृश्यहरुमा अब विस्तारै तरलता सहज हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।

 

लाभांशको समय चलिरहेको छ । अब सूचीकृत कम्पनीहरुले धमाधम साधारण सभा बोलाइरहेका छन् । सभा सम्पन्न गरका कम्पनीहरुले लगानीकर्ताको खातामा लाभांश पठाउन थालिसकेका छन् । यसआधारमा अहिले सेयर होल्ड गर्न सके बाँकी कम्पनीहरुको पनि धमाधम लाभांश हात पार्न सकिनेछ । यसर्थ, आम लगानीकर्ता यस्तो बेलामा पेनिक हुनु हुँदैन । आफ्नो होल्ड गर्न सक्ने क्षमता समेत अध्ययन गरेर विवेकपूर्ण निर्णय लिन जरुरी हुन्छ ।लगानी गर्दा कम्पनी छनोटमा भने विशेष ध्यान दिन आवश्यक हुन्छ । कम्पनीको नाफा, रिजर्भ, लाभांश क्षमता, इपीएस, पीइ रेसियोका साथमा व्यवसाय विस्तारको सम्भावनातर्फ पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस दिन २२८ कम्पनीको ९८ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १६ करोड ५८ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा नेसनल हाइड्रोपावर र तेस्रोमा अपि पावर परेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*