हेटौंडाबाट मक्रान्चुली जाँदै गरेको अटो दुर्घटना

टुडे संवादाता
२०७८ पुष २, शुक्रबार १३:३९ गते

हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्लेमा अटो दुर्घटना भएको छ । केही समय अघि हेटौंडाबाट मक्रान्चुली तर्फ जाँदै गरेको बा ०३ –००१ स २०३३ नम्बरको अटो आफैं अनियन्त्रित भई सडक छेउमा पल्टीएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अटोमा ८ महिने बच्चा सहित २ जना सवार रहेका थिए । दुर्घटनामा परी मकवानपुरगढी वडा नम्बर ३ की सँगीता माया घलान र उनकी ८ महिने छोरी जेईना घलान घाईते भईका छन् । संगीताको

अवस्था सामान्य रहेको र छोरी जेईनाको टाउको र खुट्टामा चोट लागेकोले हाल मकवानपुर सहकारी अस्पतालमा उपचार भईरहेको छ ।अटो चालकको अवस्था सामान्य रहेको र अटो भने वडा प्रहरी कार्यालय मकवनपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*