हेटौंडा/मकवानपुर प्रहरीले अवैध सालको चिरान काठ सहित २ जनालाई नियन्त्रणमा लिईएको छ । प्रहरीले हेटौंडा १२ का सुशन लोप्चन र सोही ठाउँ बस्ने १८ वर्षिय सुदिप लोप्चनलाई सालको चिरान काठ ६३ वटा फेन्टा ८८.६० सहित नियन्त्रणमा लिईएको मकवानपुरका निमिक्त प्रहरी प्रवत्ता देवेन्द्र दासले जानकारी दिए ।
शनिवार बिहान ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले लोप्चन द्वयलाई नियन्त्रणमा लिईएको हो ।
प्रहरीले हेटौंडा ३ स्थित हाँडीखोला तर्फबाट बस्तीपुर चोक तर्फ आँउदै गरेको बागमती प्रदेश ०३–००१–च १२६० नम्बरको पिकअपलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको अबैध सालको चिरान काठ ६३ वटा फेन्टा ८८.६० क्युफिट फेला परको प्रहरीले जनाएको छ ।
उक्त फेला परेको काठ काठ,पिकअप गाडी सहित र लोप्चन द्वयलाइ नियन्त्रणमा लिई आवशयकक कारवाहीको लागी डिभिजन वन कार्यालय राप्ती, मनहरी मकवानपुर पठाउने पहल भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।























