हेटौंडा/हेटौंडा–४ स्थित हुप्राचौरको मुल गेट अगाडी प्रकाश खतिवडाले माइक्रो बसमा भेजि एक्सप्रेस संचालनमा गर्दै आइरहेका छन् । करिब १५ लाख लगानिमा गरिएको व्यवसायबाट खतिवडाले दिनमा १२ हजार भन्दा माथि आम्दानी भित्र्याउने गरेका छन् ।व्यावसायबाट उनि खुसि र सन्तृष्ट छन् । उनि र उनका श्रीमति बिनिता बस्ताकोटिले माइक्रो बस भित्रबाट केराको मम, केराको पकौडा, लाफिङ लगाएतका विभिन्न परिकार बनाउदै बेच्दै आइरहेका छन् । खतिवडाले दिउँसो १ बजे देखि बेलुका ८ बजे सम्म व्यापार गर्दछन् ।
केही वर्ष पहिला खतिवडा वैदेशिक रोजगारीको शिलशिलामा विदेश पलायन भएका थिए । खतिवडा आफ्नै देशमा केहि गर्नु पर्छ भनेर नेपाल आएर उक्त व्यावसाय सुरु गरेको उनले बताए ।
केराको परिकार बेचेर उनले घर व्यवहार धान्दै आइरहेका छन् ।
सुरुमा नारायणी नदि नजिक दाजु भाईको लगानिमा उक्त व्यावसायको थालनि गरिएको थियो । जुन सुकै ठाउँमा नगरपालिकाले व्यापार गर्न नदिने भएको कारण दिउँसो भरि माइक्रो डुलाइरहनु पर्ने र एक ठाउँबाट व्यापार गर्न नपाउदा ग्राहकहरुलाई पनि ठाउँको पायक नपर्ने भएको कारण सुरु सुरुमा निकै बाधा÷समस्याहरु भोग्नु परेको पनि उनि बताउछन् ।
घुम्न आउँदा हेटौंडामा पनि यसको माग बढेको देखेर दाई प्रकाशले हेटाँैडामा व्यावसाय सुरु गरे भने भाई सूर्यले भने चितवनमै गरिरहेका छन् ।उनि भन्छन् लकडाउन अघि राम्रो व्यापार र फाइदा थियो भने अहिले चाँहि पहिलेको तुलनामा कम व्यापार, परिकार बनाउनेको सामानको मुल्य बढेता पनि हामिले भने खानेकुराको मुल्य वृद्धि नगरेको कारण हाल भने धेरै फाइदा उठाउन नसकेको पनि उनि बताउछन् । जाडो महिनामा भन्दा पनि गर्मि महिनामा बढि लाभ उठाउँन सकिने बताए ।
अरुको भन्दा फरक खालको व्यवसाय गर्ने सोचले यहि पेशालाई प्राथमिकतामा राखेर व्यबसायलाइ सुरु गरेको पनि बताउँछन् । उनि भन्छन आफ्नो व्यबसायप्रति विश्वास हुनु पर्दछ । व्यबसायलाइ सुरु गर्नु भन्दा पहिले त्यस पेशाको राम्रो अध्ययन गर्नु पर्दछ र जस्तो सुकै चुनौति सँग लडेर अगाडि बढ्यो भने सफलता हात पार्न सकिने पनि बताए । अरुको जग्गामा बसेर व्यापार गर्दै आएका कारण त्यहाँ घर बनाए पछि व्यापार गर्न मुस्किल हुने भएकोले नगरपालिकाले पनि व्यावसाय गर्नेहरुको लागि छुटै व्यवस्था गर्दिन पनि आग्रह गर्दछन् ।






















