हेटौंडा १५ रातोमाटे चेकपोष्टबाट लागुऔषध गाँजा सहित २ जना नियन्त्रणमा

टुडे संवादाता
२०७८ पुष ९, शुक्रबार १४:०६ गते

हेटौंडा/मकवानपुर प्रहरीले ३० किलो ५०० ग्राम लागुऔषध गाँजा स्कार्पिओ सहित २ जनालाई नियन्त्रणमा लिईएको छ ।

प्रहरीले धनुषा नगराईन नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ३४ को सुबोध मण्डल र सोही गाडीमा सवार पर्सा पटेरवा सुगौली गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ वर्षिय मुकेश राउत थारु लाई नियन्त्रणमा लिईएको मकवावानपुर प्रहरी प्रवत्ता प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान हेटौंडा १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व–पश्चिम सडक खण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको संयुक्त चेकिङ टोलीले हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको एन एल ०१ सी ३६५ नम्बरको भारतिय स्कार्पिओलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ३ पोका ३० किलो ५०० ग्राम लागुऔषध गाँजा फेला पारेको हो ।

उक्त फेला परेको लागुऔषध,गाँजा गाडी सहित मानिसलाई नियनत्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*