हेटौंडा ५ की घिमिरे सहित दुई जनाको शव झुण्डिएको अवस्थामा फेला

टुडे संवादाता
२०७८ पुष ९, शुक्रबार १६:५६ गते

हेटौंडा/मकवानपुरमा छुट्टाछुट्टै स्थानमा दुई जना महिलाको शव फेला परेको छ । शुक्रबार मात्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सिचाईटोल र मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ डुम्रेकुनामा दुई जना महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा ५ स्थित सिचाँईटोल बस्ने १८ वर्षीया आरती घिमिरे आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको हो । यस्तै, आज बिहान नै मकवानपुरगढी–६ बस्ने ४२ वर्षीया सुनमाया रुम्बा गोलेको शव घर नजिकैको अम्बाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । हाल दुबै जनाको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरी निरीक्षक दासले बताए ।

त्यस्तै शुक्रबार बिहान मात्र मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ सुकौरामा एक जना पुरुषको शव फेला परेको छ । उक्त स्थानमा अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको हो । शवको हाल सम्म पनि सनाखत हुन सकेको छैन् । शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।
यी तीनवटै घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*