हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालिखोलामा रहेको सिर्जशिल समाज बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५ औ बर्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष ईन्द्र प्रसाद चौलागाईंको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष चौलागाईंले संस्थागत प्रतिवेदन , कोषाध्यक्ष माधब प्रसाद चौलागाईले आर्थिक प्रतिवेदन , लेखा संयोजक शिबराम फुयाँलले लेखा समिती प्रतिवेदन र लक्षमण भट्टराईले ऋण उपसमिति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका शेयर सदस्यहरुलाई विभिन्नमा पुरस्कार तथा सम्मानित गरिएको थियो ।
कार्यक्रममा संस्थाका शेयर सस्दय एबं पत्रकार मनोज देबकोटालाई बिगत लामो समय देखि पत्रकारिता क्षेत्रमा क्रयाशिल रहि पत्रकारिता मार्फत संस्थाको विभिन्न गतिबिधिहरु आम जनमानसमा समाचार सम्प्रेषण गर्दै आएकाले सम्मान गरिएको थियो त्यस्तै अधिक बाल बचत कर्ता अभय पुडसैनी , अधिक मासिक बचत कर्ता राजु श्रेष्ठ , अधिक ऎच्छिक बचत कर्ता मानसरोवर चौलागाईं , असली ऋणि रबिना गुरुङ , उद्यमशिल ऋणि लाल बहादुर लोप्चन , जेष्ठ नागरिक सदस्य शिव कुमार खतिवडा , एस ई ई उत्कृष्ठ निलम पाखृन लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना र जिल्ला बचत तथा ऋण सहकारी सस्थाका कोषाध्यक्ष बिष्णुमाया लामाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रम मनकामना दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल , श्री भानु माबीका अध्यक्ष मानकुमारी पाख्रिन , हिमाल महिला बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष जानुका दाहाल ,टावर डाँडा खानेपानी तथा उपभोक्त समुहका अध्यक्ष सत्रुधन दुलाल , कालिदेबी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल , श्री भानु माबिका प्राचर्य राजेद्र थापा लगायतकोे उपस्थिती रहेको थियो ।






















