काठमाडौं/सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २ सयमा कारोबार भएको छ ।
यस अघि आइतबार सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्यमा भने गिरावट भएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२५० मा कारोबार भैरहेको महसंघले जनाएको छ ।
सेयर गर्नुहोस्






















