बकैयामा कौडा खेलीरहेका ८ जना प्रहरी नियन्त्रणमा

टुडे संवादाता
२०७८ पुष १२, सोमबार १७:१९ गते

हेटौंडा/मकवनापुर प्रहरीले जुवा खेल्ने ८ जनालाई नियन्त्रणमा लिईएको छ ।

आईतवार (हिजो) प्राप्त सूचनाको आधारमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ स्थित बैरुङ्दमार खुल्ला चौरमा कौडा खेलीरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिईएको निमित्त प्रहरी प्रवत्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोली र मातहत समेतबाट खटिएको संयुक्त प्रहरी टोलिले हारजित हुने गरी कौडा खेलिरहेको अबस्थामा १६ थान कौडा, नगद ६७ हजार ६ सय ३५ सहित नियन्त्रणमा लिईएको हो ।

प्रहरीले निम्न मानिसहरुलाई नियन्त्रणमा लिईएको छ ।

१. बकैया गाउँपालिका वडा नम्बर ९ हर्कपुर बस्ने ३६ वर्षिय दावा लामा बम्जन ।
२ बकैया ४ ठुलोथली बस्ने ४० वर्षिय दिपलाल थोकर ।
३ बकैया ४ सेतोभिर बस्ने ४९ वर्षिय सुन्दर घिसिङ ।
४ बकैया ४ बस्ने ५५ वर्षिय राम बहादुर थिङ् ।
५बकैया ५ पाङ्रेखोला मगरटोल बस्ने ३२ वर्षिय शुसिल लामा ।
६बकैया ५ बस्ने ३८ वर्षिय कमल थिङ् ।
७बकैया ११ गमलटार बस्ने ४५ वर्षिय बिजय वाईबा ।
८ बकैया ११ बस्ने २६ वर्षिय आकाश न्यासुर रहेका छन् ।

प्रहरीले यी मानिसहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिई आबश्यक अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*