मकवानपुरगढि ६ डुम्रेकुनाको पुल अबको ४ महिना भित्र सम्पन्न हुने

टुडे संवादाता
२०७८ पुष १५, बिहीबार १८:२४ गते

हेटौंडा/मकवानपुरगढि गाउँपालिका ६ स्थित डुम्रेकुनामा पुल निर्माण कार्य तिब्र रुपमा भइरहेको छ । पुल विभागको लगानिमा बनाइएको पूलको ठेक्का अनक कन्ट्क्सनलाई १४ करोड ९० लाखमा सम्झैता गराइएको मकवानपूरगढि गाउँपालिका ६ का वडा अध्यक्ष टिका प्रसाद दाहालले बताउनु भयो ।

यहि भदौ २१ गते देखि सुरु गरिएको पुल निर्माणको कार्य अबको चार महिना भित्र सकाउने लक्ष्य रहेको र हाल सम्म र्फमा ठोक्ने कार्य सकिएको र स्ल्याब ढलानको कार्य बाकि रहेको पनि अध्यक्ष दाहालले बताए ।सम्झैता गराइएको पहिलो वर्ष बाढिको कारण कार्य रोकिएको भएता पनि तोकिएको समयाबधि भन्दा अघिनै कार्य सम्पन्न गर्ने अनक कन्ट्क्सनका पर्यबेक्षक (सुपरभाइजर) फडेन्द्र राज घिमिरेले बताउनु भयो ।

उनका अनुसार हाल सम्म ४५ प्रतिशत कार्य सम्पन्न भएको र अबको ४ महिनामा पुल निर्माणको कार्य सम्पन्न गर्ने बताएका छन् । आगामी बर्खामा कसैले पनि खोला तरेर आवत जावत गर्न नपर्ने प्रतिबद्धता पनि जिकिर गरेका छन्् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*