नेपाल रेडक्रस सोसाइटी मकवानपुरले पछिल्लो ३ महिनामा ८ सय जनाको रगत सङ्कलन

टुडे संवादाता
१६ पुष २०७८, शुक्रबार १७:२१

हेटौंडा /नेपाल रेडक्रस सोसाइटी मकवानपुरले रगतको कमिको कारण कसैको ज्यान जोखिममा नरहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
रेडक्रस सोसाइटी मकवानपुरले हेटौंडामा असोज देखि हालसम्म २० ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । तिन महिनाको तथ्य अनुसार हालसम्म ८ सय जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी मकवानपूर ब्लड ब्याङ्कका प्राविधिक किशोर सापकोटाले बताउनु भयो ।

प्राविधिक सापकोटाका अनुसार ६ सय ५० जनाले विभिन्न कार्यक्रमबाट रक्तदान गरेको र रगतको अभाबको कारण बाँकि १ सय ५० जनालाई ब्लड ब्याङ्कमै बोलाएर रक्तदान गराएको पनि जानकारि दिनुभयो । अहिले सम्म ए पोजेटिभ र बि पोजेटिभ रगतको मात्रा सजिलै पाइने र नेगेटिभ रगतहरुको मात्रा कम पाउने भएको कारण सुत्केरि महिलाहरुको लागि नेगेटिभ रगतहरु पु¥याउन समस्या रहेको पनि उनी बताउछन् ।
एक पाउन्ड रगतको ८ सय ५० सेवा शुल्क लिने गरेको छौँ । कोही बिरामीहरुले हाम्रो रगतको शुल्क किन लिग्नुभयो भन्नु हुन्छ तर हामिले रगतको शुल्क लिगेको होइन रगत जाँच गरेको र त्यसकोलागि आवश्यक ब्लड ब्याक, पाइपहरुको शुल्क लिगेको समेत बताउनु भयो ।

सहकारीको बार्षिक उत्सबहरुबाट बढि रक्तदान कार्यक्रम भैरहेको र सके सम्म सबै सम्म सजिलै रगत उपलब्ध गराउने उद्देश्य रहेको पनि जानकारि दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*