हेटौंडा/ नेपाल प्रेस युनियन मकवानपुरका साधरण सदस्य इन्द्रप्रसाद बञ्जरा ‘रमेश’ले आफुलाई अबैधानिक ढंगबाट प्रेस युनियनको साधरण सदस्यबाट निकाल्ने प्रयास भन्दै आईतबार हेटौंडामा पत्रकार सम्मेलन गरेका छन् ।
मकवानपुर कांग्रेसका सभापति इन्द्र बहादुर बाँनीयाको विषयमा समाचार लेखेकै भरमा आफुलाई केन्द्रीय समितिले विधान विपरित कारबाहिको हल्ला गरेको र जिल्ला समितिलाई पत्रचार गरेको बताए ।
आफुले २०७८ साल जेठ ६ गते राजीनामा दिएको भएपनि मकवानपुरका केहि प्रेस युनियनको नेतृत्वले एउटा श्रमजिवि पत्रकारलाई कारबाहीको सिफारिस गर्नु दुखद भएको बताए ।
एउटा साधरण सदस्यलाई कारबाही गर्नको लागि केन्द्रको बैठकले अनुशासन समितिलाई सिफारिस गर्नुपर्ने प्रेस युनियनको विधानमा ब्यवस्था भएको भएपनि केन्द्रीय अध्यक्ष बद्री सिग्देलले अबैधानिक काम गरेको पत्रकार सम्मेलन मार्फत बन्जारले बताए ।