हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडा सुन्दर नगरीय हेटौंडाको रुपमा परिचित छ । तर पछिल्लो समय हेटौंडा बजारमा फोहोरले दुर्गन्धित भएको छ । बजारका प्राय सबै ठाउँमा फोहोरको सहि सदुपयोग नहुदाँ हेटौडा बजारनै कुरुप देखिन थालेको छ ।
नगरपालिकाको गाडिमा फाल्नु पर्ने फोहोर हेटौंडा बजारको सडक सडकमा देखिन थाले पछि यो चासोको विषय बनेको हो । फोहोरलाई सहि नियन्त्रण नगरेको कारण र हेटौंडा दिनानु दिन प्रदुषित हुन थालेको छ ।
त्यस्तै हेटौंडाको मुख्य खेलमैदान हुप्राचौरमा अहिले फोहोरका प्लाष्टिकले बिजोक बनेको छ । त्यँहा खेल्नको लागि धेरै मानिस आउने गर्दछन् । त्यहाँ आएका मानिसले फोहोरका प्लाष्टिक यत्रतत्र फाल्ने गिरेको पाईन्छ । फोहोरको व्यवस्थापन हुन सकेको छैन् । खेलमैदानलाई आर्कषण गर्नको लागि त्यहाँ रहेका सबै फोहोर नियन्त्रण गर्नुपर्ने देखिन्छ । फोहोरको मात्रा दिनदिनै बढेको कारण फोहोर व्यवस्थापनको निम्ती सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।






















