हेटौंडा /राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्ता गठबन्धनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद पौडेल र महिलामा नेकपा एकीकृत समाजवादीबाट मकवानपुरकी गोमा तिमेल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेल नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवसमेत हुन् । २०७४ सालमा शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेको भए पनि राष्ट्रपतिबाट मनोनयनमा परेका थिएनन् ।
एमालेको तर्फबाट गोपाल शाक्य र महिलामा नीरु दर्लामीले उम्मेदवारी दिँदैछन् ।
सेयर गर्नुहोस्






















