वानले बुझायो बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

टुडे संवादाता
२०७८ पुष २०, मंगलवार १९:२८ गते

हेटौँडा । ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (वान) ले बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

वानका केन्द्रिय उपाध्यक्ष उज्वल चौलागाँई सहितको टोलीले एफ.एम रेडियोहरुले भोगेका नविकरण तथा रोयल्टि समस्या समाधाननको माग राखी वागतमती सरकारको सञ्चार मन्त्रालय समेत हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाललाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खनालले यहि पौष २६ गते बस्ने बागमती सरकारको मन्त्री परिषद्को बैठकले नविकरण पुर्ण तथा २ प्रतिशत लिदै आएको रोयल्टिमा १ प्रतिशत मात्र लिने गरीने निर्णय गरीने बताएका छन् । प्रदेश सरकारले सार्वजनिक गरेको वजेटमा प्रदेशमा रहेका स्वतन्त्र एफएम,टेलिभिजन तथा अन्य संचार माध्यम मैत्री भएको प्रत्याभुत गर्न नसकिएको र देशभरका भरका एफएम रेडियो तथा टेलिभिजनहरुको आर्थिक ०७८/७९को नविकरण पुर्ण तथा रोयल्टी रकममा ५० प्रतिशत छुट तथा सञ्चार क्षेत्रको लागि अन्य धेरै सहयोगको घोषणा केन्द्र सरकारले गरेको भएपनि बागमती प्रदेश सरकारले भने केन्द्र सरकार मुताविक छुट तथा सहयोगको घोषणा नगरेको कारण यस प्रदेश भरका स्वतन्त्र मिडियाहरु ज्यादै अन्यायमा परेको ध्यानकर्षण पत्रमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*