युनिलिभर हेटौँडाको ज्यादती: पार्टि प्यालेसमा पुर्ण क्षति

टुडे संवादाता
२३ पुष २०७८, शुक्रबार १८:२७

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थितमा रहेको युनिलिभरले स्थानियलाई असर पारेको गुनासो आएको छ । उद्योग सञ्चालनको नाममा स्थानियहरुलाई समस्या पर्ने क्रियाकलापबाट स्थानियहरुले समस्या भोग्नु परेको छ ।
तौलपुल भत्काउनको लागि प्रयोग गरिएको मिसिनले हरिहर नन्दन बर्तौलाको ५० लाखमा केहि दिन अघि निर्माण गरिएको पार्टि प्यालेसमा पुर्ण क्षति पुर्याएको छ । तौल पूल भत्काउँदा आफ्नो पाटि प्यालेसमा क्षति पूराउन सक्ने भएकोले व्यबस्थित रुपमा भत्काउन उनले पटकपटक जानकारि दिएको समेत बर्तौलाले बताउनु भयो ।

जबरजति मेसिनको प्रयोगको कारण पूस १७ गते उदघाटन गरिएको पार्टि प्यालेस पूर्णरुपमा क्षति हुदाँ उनि पुरै पिडित बन्न पुगेका छन् ।
हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले युनिलिभर स्थापना हुदाँ उनले आफ्नो ४ धुर जग्गा युनिलिभरको कम्पाउण्ड वाल परेको र यस बारे वडामा सिफारिस गर्दा समेत वडाले वास्ता नगरेको समेत बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै स्थानिय रिध्रवज खड्काले मापदण्डबाट बाहिर रहेर काम गरेको बताउनुभयो । ठुला ठुला वालहरु लगाएर र्दुघटना हुन सक्ने जोखिम बढाएको समेत जानकारि दिनुभयो । यस कम्पनिले पार्किङको राम्रो व्यबस्थापन नगर्दा बिद्यालय आउने बिद्यार्थिहरुलाई हिड्न समस्या भएको पनि बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*