शनिबार मनहरीबाट ६० किलो लागुऔषध गाँजा बरामद

हेटौडा टुडे
२५ पुष २०७८, आईतवार ११:४६

हेटौँडा/ मकवानपुर प्रहरीले शनिबार मनहरी-६ बाट ६० किलो लागुऔषध गाँजा बरामद गरेको छ । शनिबार १ बजेको समयमा प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मनहरी-६ स्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट गाँजा बरामद गरेको हो । प्रहरीलाई देख्नसाथ अपरिचित मानिसहरु बोरा फाली भागेको र उक्त बोरा खोली सुरक्षाजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले बताए ।

गाँजा तस्कर भने फरार भएको प्रहरीले जनाएको छ । फरार रहेकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*