हेटौँडा । नेपाल इंग्लिस ल्याङ्ग्वेज टिचर्स एशोसिएसन (नेल्टा) मकवानपुरको अध्यक्षमा पुनः संगम चौलागाई सर्वसम्मत चयन भएका छन् । नेल्टाको ११ औं जिल्ला अधिवेशनले चौलागाईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
नेल्टा मकवानपुरको उपाध्यक्षमा उत्तम अर्याल, सचिवमा सञ्जय कुमार बस्नेत, कोषाध्यक्षमा रोशनी पौडेल तथा सहसचिवमा सुरेश रेग्मी चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः भानुभक्त पाठक, छविलाल बिकल, दीपक अधिकारी, सरस्वती अधिकारी, विवश थापा, रुपचन्द्र गोपाली, कृष्णप्रसाद पौडेल र रामप्रसाद सापकोटा रहेका छन् । नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेल्टाका वरिष्ठ उपाध्यक्ष प्रा.डा. लक्ष्मण ज्ञवाली, नेल्टा केन्द्रीय समितिका कोषाध्यक्ष अशोक सापकोटा, शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरका प्रमुख दीनानाथ गौतम, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा।शंकर प्रसाद उपाध्याय, नेल्टा बागमती प्रदेश समितिका महासचिव किशोर पराजुलीको पनि आतिथ्य रहेको थियो । तु खबरबाट






















