काठमाडौं/ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए ।
सीसीएमसीले गरेको निर्णयमा थप निर्णय आवश्यक नपर्ने र अब विद्यालय बन्द गर्नेबारे सूचना जारी गर्ने शर्माले बताए ।
आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
सेयर गर्नुहोस्