मकवानपुरमा सोमबार २० जनामा कोरोना पुष्टि

टुडे संवादाता
२०७८ पुष २६, सोमबार १४:५४ गते

हेटौंडा/ पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण दर बढ्न थालेको छ । यसैबिच मकवानपुरमा सोमबार मात्र २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यलयका अनुसार पछिल्लो २४ घण्टामा ४२ जनाको पीसीआर र ४३ जनाको एन्टिजेन गरी जम्मा ८५ जनाको कोरोना परिक्षण गर्दा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म जिल्लामा १५ हजार ६ सय ४४ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ३२ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*