हेटौंडा ९ मा डेरा गरि बस्ने बि.क सहित ५ जना अवैध लागुऔषध सहित नियन्त्रणमा

टुडे संवादाता
२६ पुष २०७८, सोमबार १६:४२

हेटौंडा/मकवानपुर प्रहरीले एउटै कोठाबाट अवैध लागुऔषध सहित ७ जनालाई नियन्त्रणमा लिईएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी टोलीले हेटौंडा ९ मास्टरचोक स्थित शंकर के.सी को घरमा डेरा गरि बस्ने २५ वर्षय बिशाल
बि.क.को कोठाबाट अवैध लागुऔषध सहित ५ जनालाई नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले बि.कको कोठामा चेकजाँच गर्दा अवैध लागुऔषध ९७ ट्याब्लेट ईराजपाम, १४८ क्यापसुल ईमाडोल, १६ ट्याब्लेट क्युमागम,१२ ट्याब्लेट सिओना र १६ ग्राम लागुऔषध गाँजा फेला परेको हो ।

प्रहरीले सुनसरी घर भई हाल हेटौंडा ९ मास्टरचोक बस्ने २५ बर्षीय बिशाल बि.क, २० बर्षिय राज खत्री, २३ बर्षिय रोमन थापा मगर, २१ बर्षिय निरन रार्ई, २२ बर्षिय प्रजेन महर्जन र हेटौडा १० बस्ने बर्ष १८ सुमित कुमार बानियाँ लाई नियन्त्रणमा लिईएको हो ।
उक्त लागुऔषध सहित सातै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*