दुई सातामै नेप्से ३३३ अंकले बढ्यो

हेटौडा टुडे
२९ पुष २०७८, बिहीबार १६:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । बिहीबार बजार परिसूचक नेप्से ५४.१२ अंकले वृद्धि हुँदा २८५७.७५ अंकमा बन्द भएको छ । साताको सुरुवातबाटै बढेको नेप्सेमा बुधबार भने केही  करेक्सनु देखिएको थियो । पछिल्लो दुई सातामा अंग्रेजी नयाँ वर्ष २०२२ मा मात्रै नेप्सेमा ३३३.२५ अंकको वृद्धि भएको छ ।

आज नेप्सेमा अन्यबाहेक सबै उपसूचकमा हरियाली छाउँदा हाइड्रोपावर उपसूचक ४.९ प्रतिशत, वित्त कम्पनी उपसूचक ३.६७ प्रतिशत र लगानी उपसूचक ३.२ प्रतिशतले बढेको छ । यता अन्य उपसूचक भने ०.१६ प्रतिशतले घटेको छ । आज बजार परिसूचकमा उच्च अंकको वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब नाघेको कारोबार रकम आज साढे ६ अर्बमा झरेको हो । एक करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४९ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा हाइड्रोपावरमा आकर्षण देखिँदा अपर तामाकोशीको सवार्धिक ३४ करोडको कारोबार हुँदा अपी पावरको २३ करोड र नेपाल इन्फ्रास्ट्रचर बैंकको २२ करोडको कारोबार भएको छ । आज नेप्सेमा कुले १८९ कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ८ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ ।

मध्येभोटेकोशीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा माउन्टेन हाइड्रो नेपालको ९.४४ प्रतिशत र कर्णाली विकास बैंकको सेयरमूल्य ९.३५ प्रतिशतले बढेको छ । यता नारायणी डेभलमेन्ट बैंकको १.१९ प्रतिशतले सेयरमूल्य घट्दा राष्ट्रिय बिमा कम्पनीको १ प्रतिशत र स्ट्यान्नर्डड चाटर्ड बैंकको ०.९९ प्रतिशतले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*