हेटौंडामा यस वर्ष १० टन तरुल आयात

टुडे संवादाता
२९ पुष २०७८, बिहीबार १७:१५

हेटौंडा/गत वर्ष जस्तै यो साल पनि माघे सङक्रातिको लागि हेटौंडा बजारमा तरुलहरु भित्रिएको छ । जाडो महिनामा खमने प्रचलन रहेको तरुल माघे सङक्रातिमा खाने पनि मान्यता रहेको छ । यस वर्ष सङक्रातिको लागि हेटौंडा बजारमा १० टन पात्ले तरुल र विविध तरुल ल्याइएको जनाईएको छ ।
गत वर्ष १३ टन आयात गरेको तरुल यो वर्ष भने १० टन मात्र आयात गरेको तरकारि व्यावसायि बद्रि घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार गत वर्षको तुलनामा यो वर्ष कम बिक्रि भएको र माघे सङक्रातिको लागि पुस २४ गते देखि तरुलहरु ल्याउने गरेको बताउनु भयो ।
सर्लाही देखि आयात गरिने तरुल हेटौंडा बजारको आसपासमा निर्यात गर्ने गरेको र हेटौंडा बजारको लागि यहि तरुलले पु्र्याउने गरेको समेत उहाँले हेटौंडा टुडेलाई जानकारि दिनुभयो ।

पात्लेतरुलको थोक मुल्य ४० र खुद्रा मुल्य ८० रुपौयामा बिक्रि भईरहेको छ । तरुलको बजार राम्रौ भए ता पनि पोहोरको तुलनामा भने कम बिक्रि भएको र दिनमा २० हजार सेल ब्रिकि गरिने पनि उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*