हेटौंडा/मकवानपुरमा शुक्रबार थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार शुक्रबार ७५ जनाको कोरोना परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो ।
कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा एन्टिजेन विधि र पिसिआर विधिबाट ७५ जनाको कोरोना जाँच गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका २५ सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १५८८० पुगेको छ।त्यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमण मुक्त भएका छन।
सेयर गर्नुहोस्






















