गोष्ठी, सेमिनार समिक्षा बैठक सञ्चालन गर्दा २५ जना भन्दा बढी सहभागी नगराउने

हेटौंडा टुडे
२०७८ माघ ४, मंगलवार ११:५९ गते

हेटौँडा/ विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको भेरिएन्ट ओमिक्रोन भाइरसका बिरामी बढेसँगै मकवानपुर जिल्लामा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै मकवानपुरका प्रजिअ भरतमणी पाण्डेद्वारा १६ बुँदे आदेश जारी गरिएको छ।

यस्तै गोष्ठी, सेमिनार समिक्षा बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रुपमा उपस्थित भई गर्नु परेमा जनस्वास्थका मापदण्ड पालना गर्ने गरी र एन्टिजेन परीक्षण गरी रिर्पोट नेगेटिभ आएमा बढीमा २५ जना सहभागी गराई सञ्चालन गर्ने । साथै यस्ता क्रियाकलाप सञ्चालन गर्दा संवत २०७८ माघ ७ गते पश्चात त्यस्तो कार्यक्रममा खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने व्यवस्था मिलाउने गरी आदेश जारी गरिएको छ ।

आवश्यक काम परी घर बाहिर निस्कनु पर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउन पनि पाण्डेद्वारा आदेश जारी गरिएको छ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*