हेटौँडा/ हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रमलाई १० वटा इलेक्ट्रिक हिटर हस्तान्तरण गरेको छ । जाडो समयमा वृद्धवृद्धाहरुलाई धेरै समस्या हुने भएकाले हिटर हस्तान्तरण गरिएको हो । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बिहीबार एक कार्यक्रमबीच वृद्धाश्रमको व्यवस्थापन समितिलाई हिटर हस्तान्तरण गरेका हुन् ।
सेयर गर्नुहोस्






















