हेटौँडा/ हेटौंडामा मास्कको कालोबजारी गरेको अभियोगमा पक्राउ परेका तीन जना औषधी व्यवसायी धरौटीमा रिहा भएका छन् । सर्जिकल मास्क १० रुपैयाँमा विक्री गरेको भन्ने उपभोक्ताको उजुरीपछि प्रशासन कार्यालयको आदेशमा हेटौंडा–१ स्थित फार्मेसी सञ्चालकहरु डा. साजित अन्सारी, बब्लु पाण्डे र सजिता पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो । उपभोक्ताले ५ रुपैयाँमा पाउने मास्क १० रुपैयाँमा विक्री गरेको भन्ने आरोप लगाउँदै स्थानीय प्रशासनलाई उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान गरेको प्रशासनको भनाइ छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जनही ५ हजार रुपैयाँ धरौटीमा तीनैजनालाई बिहीबार तारेखमा छाड्न आदेश दिएका हुन ।
सेयर गर्नुहोस्






















