हेटौंडा/मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना भएको छ ।
शनिबार दिउँसो हेटौंडा–काठमाण्डौं जोड्ने छाटो दुरीको मार्ग अन्तर्गत भीमफेदीको धोर्सिङमा ना १ ज १७६१ नम्बरको सुमो आफै अनिन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुमोमा सवार १० जना सामान्य घाईते भएको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।
सेयर गर्नुहोस्






















