हेटौँडा/गाम्रीण फिडर र रंगशाला फिडरमा १७ गते र १८ गते दुईदिन ४ विद्युत लाइन बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले एक सूचना जारी गर्दै सोमबार (आज) धरान चतरा अन्तर्गतका पोलमा तार सार्ने काम हुने भएकोले हेटौंडा–६ हात्तीलेट गौरीटार,रंगशाला,हेटौंडा–१६ हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर र रंगशाला फिडरमा १७ गते र १८ गते दुईदिन ४ विद्युत लाइन बन्द हुने भएको जनाईएको हो ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार सूचना जारी गर्दै हात्तीलेट गौरीटार, रंगशाला,हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर र रंगशाला फिडरमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।प्राधिकरणले सोमबार बिहान ८ बजेदेखि १२ बजे सम्म दुई दिन विद्युत आपुर्ती बन्द रहेने जनाएको हो ।
केन्द्रले धरान चतरा सडकखण्ड अन्तर्गतका अधिकार क्षेत्राधिकार भित्र पर्ने विद्युतिय पोल,तार सार्ने वा अद्यावधिक गर्ने कार्य रहेकोले ४ घण्टा विद्युत आपुर्ती बन्द हुने जनाएको छ ।






















