हेटौंडा/हेटौंडामा मंगलबार स्थानियले सडक अवरुद्ध गरेका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी राजमार्ग अवरुद्ध गएिको हो । हिजो सोमबार हेटौंडा–९ स्थित पशुपतिनगरमा बसको ठक्करबाट चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएको हो ।
घिमिरेको मृत्यु भैसकेपछि ठक्कर दिने बस संचालक तथा यातायात समितिका व्यक्ति सम्पर्कमै नआएको, दोषीलाई कारवाही नभएको र उचित क्षतिपुर्ति नदिएको भन्दै हेटौंडा–१ चाइनाक्वाटरका स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।प्रहरीले सडक खुलाउन प्रयास गरेता पनि महिला तथा बालबालिकासमेत सडकमा नारावाजी गर्दै उत्रिएपछी सडक अवरुद्ध नै रहेको छ ।
स्थानीय र प्रहरी विच झडपसमेत भएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय परिसरमा अहले मृतकका आफन्त तथा ठक्कर दिने बस संचालक विच छलफल चलिरहेको छ ।
सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले घिमिरेले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको हिजै उपचारको क्रममा मृत्यु भएको थियो ।






















