हेटौंडामा एमसीसी विरुद्द प्रदर्शन

हेटौंडा टुडे
२०७८ फाल्गुन २, सोमबार ०७:०४ गते

हेटौंडा । नेकपा एकीकृत समाजवादीमा आबद्द जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा हिजो आईतबार हेटौंडामा एमसीसी विरुद्द प्रदर्शन गरिएको छ । हेटौंडाको शितलमहलचोकबाट सुरु भएको प्रदर्शन बुद्दचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो ।
सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । पन्तले केपी ओली सरकारले संसदबाट पास गर्नुपर्ने सम्झौता गरेर एमसीसी रास्ट्रघाती काम गरेकाले यो परियोजना कुनै हालतमा कार्यान्वयन गर्न नहुने बताए । यस्तै, अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताउदै एमसीसीलाइ टुंगो नलाग्दासम्म आफूहरु आन्दोलित भइराख्ने चेतावनी दिए ।
विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*