हेटौंडा । रेडियो थाहा सञ्चारले आज २ गते हेटौंडामा बृहत रक्तदान कार्यक्रम गरिने भएको छ । हेटौंडाबाट सञ्चालित रेडियो थाहा सञ्चार स्थापना भएको १४ औं वार्षिकोत्सवको अवसरमा विहान ८ बजेबाट हेटौंडाको बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम गरिने रेडियोका स्टेसन म्यानेजर मणिराज गौतमले बताए । रेडियोले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको छ ।
सेयर गर्नुहोस्






















