फाल्गुन २७ र २८ गते बकैयामा – ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ हुने

हेटौंडा टुडे
२०७८ फाल्गुन २, सोमबार २१:३९ गते

झरना साहित्यिक मकवानपुरले बकैया कला–साहित्य महोत्सव–२०७८ गर्ने भएको छ ।  यहि फाल्गुन २७ र २८ गते बकैयामा बकैया कला साहित्य महोत्सव गर्ने आज पत्रकार सम्मेलन मार्फत झरनाका सचिव मसान उपासकले जानकारी दिए ।

बकैया गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको महोत्सव बकैया–३, हात्तीसुँडेस्थित बुद्ध माविको प्राङ्गण र बकैया गाउँपालिकाको सभाहलमा हुने झरनाका अध्यक्ष दिपक गौतमले जानकारी दिनु भयो ।

२०५० साल फागुन १२ गते तत्कालीन छतिवन गाविसमा जन्मेको परिवारले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत् साहित्य गोष्ठी आयोजना गर्दै आएकोमा पछिल्ला दुई वर्ष (२०७६) देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आइरहेको अध्यक्ष गौतमले बताउनु भयो ।

उहाँले यसै वर्षबाट स्थानीय कलासंस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले बकैया कला–साहित्य महोत्सव गरिने बताउनु भयो । दुई दिवसीय महोत्सवका क्रममा कविता, गजल, मुक्तक विशेष कार्यक्रमहरूका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खैँजडी भजन, तामाङ, माझी, राईलगायतका जनजातिका कला संस्कृतिको प्रस्तुतिका साथै छिमेकी जिल्लाका कलाकारको विशेष प्रस्तुति समेत गरिने आयोजकले जनाएको छ । साथै, स्थानीय कलाकारका विविध कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी गरिने साथै बहसमूलक कार्यक्रम र कार्यपत्र प्रस्तुतिसमेत गरिने संस्थाका सचिब मसान उपासकले बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*