हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–४ स्थित पासा चटामरी हाउसबाट २० बोतल अबैध लागूऔषध ओम्रेक्ससहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले हेटौंडा–२ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा–८ का १८ वर्षीय अभिषेक मोक्तानलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २० ग्राम गाँजा समेत फेला परेको छ । प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिएर थप अनुसन्धान समेत अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका जानकारि दिनु भयो ।
सेयर गर्नुहोस्


















