हेटौंडामा पोखिए कवि ज्योति, भूपिन र निमेष एकसाथ

हेटौंडा टुडे
८ फाल्गुन २०७८, आईतवार ०९:४३

हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार तीन शसक्त कविको कविता वाचन भएको छ । शक्तिशाली कविता लेखेर चर्चामा रहेका कवि ज्योति जंगल, भूपिन खड्का र निमेष निखिलले हेटौंडाको एभोकाडोमा कविता सुनाएका हुन् । कवि जंगल मोरङ, भूपिन बाग्लुङ र निमेष मकवानपुरको प्रतिनित्व गर्दै कविता वाचन गरेका थिए ।

उनिहरुलाई एकै स्थानमा कविता सुनाउने व्यवस्थापन मकवानपुरकै अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरले गरेको हो । सङ्गमले ‘समकक्षी कविका एक्काईस कविता’ मा तीन जना कविलाई निमन्त्रणा गरेको थियो । जसमा तीनै जना कविले आफ्ना सात–सात वटा कविता वाचन गरेका थिए ।

कविता वाचन कार्यक्रमको पहिलो चरणमा कवि भूपिनले चोरी एक तुलनात्मक अध्ययन, कुरुप कविता, चौवालिस, तेइसौ शताब्दी शिर्षकका कविता वाचन गरेका थिए । कवि ज्योतिले बादशाहको चुम्बन, प्रेमी देश, आमाहरु, म कसैलाई सम्झिरहेको किन छु रु शिर्षका कविता सुनाएकी थिइन् । यस्तै कवि निमेषले ऐना अगाडि, शोक गीतको पोष्टमार्टम, समय र कवि, सम्बोधनमा मित्र राम विलास कविता सुनाएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा कवि भूपिनले नोटको जिवनी, ढुङ्गा, बसुन्धरा,कवि ज्योतिले लैजानु, काग अवतार, सिकाइ र कवि निमेषले कविताका नाममा, क्रान्ति, स्वीकारोक्ती शिर्षकका कविता वाचन गरेका थिए ।

साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रमा समाजिक विकास मन्त्रालय बागमती प्रदेशका मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो । मन्त्री मोक्तानले कविताले देश, समाजको हिजो र आजको अवस्थालाई बोलेको बताइन् । उनले कवितामाफर्त् समाजका हरेक पक्षलाई खबरदारी गरेको उल्लेख गरिन् ।

कार्यक्रममा अतिथि कविलाई प्रमुख अतिथि मन्त्री मोक्तानले मायाको चिनो प्रदान गरेकी थिइन् । साथै सभाध्यक्ष न्यौपानले प्रमुख अतिथि मोक्तानलाई मायाको चिनो प्रदान गरेकी थिइन् । कार्यक्रमको प्रायोजन हाल अष्ट्रेलियामा रहेका मकवानपुरे कवि जेनन नेपालले गरेका थिए ।

संगम मकवानपुरका संस्थापक अध्यक्ष नवराज शर्मा विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा मकवानपुर जिल्लामा रहेका सम्पूर्ण साहित्यिक संघसंस्थाका प्रतिनिधि, साहित्यकार, साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यकार सुवास खनालले अतिथि कविहरूको परिचय दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*