उल्टो पैदल यात्री ऋषि परियार आज हेटौंडा आईपुगे

टुडे संवादाता
१० फाल्गुन २०७८, मंगलवार १५:०६

 हेटौंडा/उल्टो पैदल यात्री दाङ तुलसीपुर–३ रानागाउँका ३० वर्षीय ऋषि परियार २५ दिनमा आज हेटौंडा आइपुगेका छन् । मंगलबार दिउँसो करिब १ बजेको समयमा उनी हेटौंडा आइपुगेका हुन् । उल्टो पैदल यात्रा सुरु गरेर मेचीदेखि महाकालीसम्मको यात्रामा हिँडेका परियार दैनिक ३० देखि ४० किलोमिटर यात्रा गरिरहेको बताएका छन् ।
करिब दुई महिनाभित्र महाकाली पुग्ने योजना बनाएका परियारले उनले जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसकेका छन् । स्वास्थ्य रहन दैनिक कम्तिमा एक घण्टा हिँड्नु अनिवार्य रहेको स्वास्थ्य सन्देश लिएर यात्रामा निस्किएको उनले बताए ।

उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने लक्ष्य रहेको परियारले बताए । हेटौंडा आइपुगेका परियारलाई सामाजिक अभियन्ता र सुरक्षा निकायका प्रतिनिधिले सहयोग समेत गरेका थिए ।

परियारले काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदलयात्रा सुरु गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*