हेटौंडाको ४ नम्बर वडामा टोल समिति गठन

हेटौंडा टुडे
२०७८ फाल्गुन २४, मंगलवार २०:२२ गते

हेटौंडा। नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ अन्तर्गत पार्टीको टोल समिती गठन भएको छ । मंगलबार हेटौंडा -४ स्थित श्रीजनापथ र समाजकल्याण टोलको भेलाले सरोजकुमार भट्टराईको सभापतित्वमा १४ सदस्यीय टोल समिति गठन गरिएको छ । समितिमा उपसभापति कृष्णहरि दाहाल, सचिव प्रबेश धिताल ुकुन्दनु, कोषाध्यक्ष शम्भु मिश्र, सहसचिव सुरेन्द्र अधिकारी र सदस्यहरुमा सुशीला रिजाल, महेन्द्रकृष्ण जोशी, श्रीजना थापा, दिपा उपाध्याय, शंकर सिलवाल, चन्द्रनाथ श्रेष्ठ, जंगविर साह, नरहरि गुरागाईं र सुशीला प्याकुरेल रहेका छन् ।

नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको टोल समिति गठन कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता प्रदिप कोइराला, महासमिति सदस्य राधा कोइराला, महाधिवेशन प्रतिनिधि निलम देवकोटा, प्रतिनिधिसभा क्षेत्र नं।१ का सचिव कविन सांगामी, प्रतिनिधिसभा क्षेत्र नं।१, प्रदेशसभा ९ख० का उपसभापति शुक्रराज जोशी, सचिव गोकर्ण सुवेदी र सहसचिव केदार ढोडारीलगायतको आतिथ्यता रहेको कार्यक्रम संचालक तथा वडा सचिव विजय कार्कीले बताए । कार्यक्रममा पार्टीका वडा सल्लाहकार कुश रिजालले स्वागत मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*