हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर २ को आँपचौरमा पनि बर्डफ्लु रोगको संक्रमण देखा परेको छ । बिशेष गरि टर्की जातको कुखुरामा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिए ।उनका अनुसार उक्त क्षेत्रमा पालिएको कुखुरा मर्न थालेपछि ल्याब परीक्षणको लागि काठमाण्डौ पठाईएको थियो । ल्याब परीक्षण गर्दा बर्डफ्लु संक्रमण भएको पुष्टि भएको प्रमुख यादवले बताए । उनका अनुसार बर्डफ्लु देखिएको क्षेत्र प्रशासनको नियन्त्रणमा रहेको र उक्त स्थानमा पालिएको कुखुराहरु नष्ट गर्ने तयारी भईरहेको छ ।
सेयर गर्नुहोस्


















