मनहरीमा समाजवादीको उम्मेदवार सिफारिस

हेटौंडा टुडे
२०७९ बैशाख ७, बुधबार २१:५९ गते

हेटौँडा नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले स्थानीय तहमा अध्यक्ष, उपाध्यक्षसहित ९ वटै वडाका अध्यक्षहरुको उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीले पाउँपालिका अध्यक्षमा नारायण श्रेष्ठ, मनिला विष्ट, साधुराम अधिकारी र वीरेन्द्र डिसीको नाम सिफारिस गरेको छ । यस्तै, उपाध्यक्षमा भूमिनन्द अर्याल, चन्द्राकुमारी भूसाल, आशा बल र रामकुमार एलनको नाम सिफारिस गरेको छ ।

पार्टीले वडा नम्बर १ मा राजन चेपाङ, वडा नम्बर २ मा आदेश रुम्बा, वडा नम्बर ३ मा विष्णुबहादुर थिङ र बुद्धरत्न स्याङ्तान, वडा नम्बर ४ मा बालमुकुन्द ढकाल, वडा नम्बर ५ मा चन्द्रबहादुर थिङ, ओमकुमार आले मगरलाई वडाध्यक्षका लागि सिफारिस गरेको छ । यस्तै, वडा नम्बर ६ मा गोपीलाल तामाङ, वडा नम्बर ७ मा बलराम स्याङ्तान, वडा नम्बर ८ मा श्रीकृष्ण बर्तौला र वडा नम्बर ९ मा रामचन्द्र पुरीलाई सिफारिस गरिएको अध्यक्ष नारायण श्रेष्ठले बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*