गएराति गोली लागेर घाइते भएकी महिला सैनिक जवानको मृत्यु

हेटौंडा टुडे
२०७९ बैशाख ८, बिहीबार ११:१९ गते

हेटौडा/ गएराति गोली लागेर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको आज विहान मृत्यु भएको छ । सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका वडा नम्वर स्थायी घर भएकी २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डिउटीमा रहेको बेला राइफल (एम १६ ) आफैले आफै तिर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । गोली लागेर गम्भीर घाइते भएकी थिइन् । थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि अवस्था निकै गम्भीर भए पछि नलगिएको प्रहरीको भनाइ छ । सैनिक स्रोतका अनुसार केही दिन अघि मात्र गोरुसिङ्गे ब्यारेकमा शमशेर दल गण सरुवा भएर आएको थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*