हेटौँडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि स्वतन्त्र उम्मेदवार अयोध्यकुमार भट्टराईले आफ्नो उम्मेदवार दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर भट्टराईले मेयरमा उम्मेदवार दर्ता गरेका हुन् । उन्नत लोकतन्त्र पार्टीको तर्फबाट उम्मेदवार रहेका भट्टराई राष्ट्रिय दल नभएको कारण स्वतन्त्र हैसियतमा उम्मेदवार भएका हुन् ।
सेयर गर्नुहोस्


















