गढी ३ मा वडा अध्यक्षका लागि ३ जना को उम्मेदवारी दर्ता

हेटौंडा टुडे
२०७९ बैशाख १३, मंगलवार १३:५४ गते

हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्षका लागि ३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यतालिका अनुसार आइतबार र सोमबार गढी ३ बाट राजनीतिक दलबाट २ जना र स्वतन्त्रबाट १ जनाले गरी ३ जनाले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

गढी–३ मक्रान्चुलीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्षमा गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का अर्जुन प्रसाद दहाल, नेकपा एमालेबाट भगबत घिमिरे र स्वतन्त्रबाट प्रेम प्रसाद दहाल रहेका छन् ।

भागबत घिमिरे यस अघिका वडा अध्यक्ष पनि हुन भने, घिमिरेका दहाल द्वय भिनाजु हुन । त्यस्तै दहाल द्वय साडुदाइ साडुभाइ हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*