हेटौंडा । हेटौंडा १८का वडाध्यक्षका उम्मेदवारले निर्वाचन आचारसंहिता विपरितकोकार्य गरेको पाईएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार अनिल बानियाँले निर्वाचनको आचार संहिता उल्लङ्घन गर्दै वडाको लालभित्ते भन्ने स्थानमा करिब १५ घरधुरीलाई वितरण गर्न लैजादै गरेको करिब २०० थान जस्तापाता नियन्त्रणमा लिइएको हो ।
वडाध्यक्षका उम्मेदवार बानियाँले चुनाव प्रभाव पर्न हेटौंडा उपमहानगरपालिकाको रकमबाट खरिद गरि आचार संहिता विपरीत उक्त जस्तापाता वितरण गर्न लागेको स्थानीयले आरोप लगाएका छन् । बानियाँले हेटौंडा १८ लालभित्तेमा लगिरहेको जस्तापाता रामधुनीमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।
बानियाँ यस अघि एमालेबाट उम्मेदवार रहि सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए भने स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सोही वडाको एमालेबाट पुन वडाध्यक्षमा मनोनयन दर्ता गरेका उम्मेदवार हुन।






















