मकवानपुरगढीको मतगणना स्थलमा सुरक्षा ब्यबस्था कडा जुत्ता खोलेर प्रवेश

हेटौंडा टुडे
२०७९ जेष्ठ १, आईतवार १९:५९ गते

हेटौंडा । मकवानपुरगढि गाउपालिकाको मतगणना स्थलको सुरक्षा ब्यबस्था थप कडा परिएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको क्रममा मकवानपुरगढी गाउँपालिकामा कर्मचारी युवराज पौड्याललाई मतगणनामा नराख्ने भनी सर्वदलीय बैठकमा सहमती बिपरित प्रवेश गरेकाले विवाद भए पछि करिब ५ घण्टापछि पौड्याललाई सुरक्षाकर्मीको कडा सुरक्षाका साथ मतगणना स्थलबाट निकालिएको थियो । हिजो सनिवार मतगणना स्थल बाहिर युवाहरुले भ्रष्ट कर्मचारी बाहिर निकाल, प्रहरी प्रशासन मुर्दावाद भन्दै नारा लगाइएको थिए । हिजो भएको घटनालाई लिएर मकवानपुरगढिको मतगणना स्थलको सुरक्षा ब्यबस्था कडा गरिएको छ । आज आईतबार साझबाट मतगणना स्थल भित्र प्रबेस गर्दा चेक जाँच कडा पारिए सङै जुत्ता समेत खोलेर चेक जाँच गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*