मकवानपुरगढीमा दोर्जे लामा अघि अघि विदुर हुमागाँई पछि पछि

हेटौंडा टुडे
२ जेष्ठ २०७९, सोमबार ०८:४०

हेटौंडा ।  मकवानपुरगढी गाउपालिकामा दोर्जे लामा स्याङतानको अग्रता कायमै रहेको छ । स्याङतानले बिदुर हुमागाईलाई पछाडि पारेका छ्न । मकवानपुरगढी गाउँपालिकाको चार वडाको मतगणना सम्पन्न भइसक्दा पालिका अध्यक्षमा गठबन्धन नेतृत्व रुखका उम्मेदवार दोर्जे स्याङतान १५७३ मतले हुमागाँई भन्दा अगाडि रहेका छन्।

आज सोमबार बिहान सम्पन्न मतपरिणाम अनुसार गढी गाउँपालिकाको वडा नम्बर १, २, ७ र ८ को मतगणना सम्पन्न हुदा गाउँपालिका अध्यक्षका उम्मेदवार स्याङतनको ३५७९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका बिदुर हुमागाईले २००६ मत प्राप्त गरेका छन् । त्यसैगरी गठबन्धनका तर्फबाट माओबादीका मानकुमारी नेपालीले पाख्रिनले ३३५६ मत प्राप्त गरेकी छन् । यस्तै एमालेका तर्फबाट सन्तु थिङले १८८२ मत प्राप्त गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*