हेटौंडा । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद बजगाई विजयी भएका छन्।
एक हजार ७४६ मत मध्ये उनले ८५१ मत प्राप्त गरी निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार टिकाप्रसाद दाहाललाई पराजित गर्दै बजगाई निर्वाचित भएका हुन् । दाहालले ८०१ मत प्राप्त गरेका छन् ।
वडा सदस्यमा भने नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन्। बजगाई युवा जमातमा निकै लोकप्रिय मानिन्छन्। ०७४ को निर्वाचनमा दाहालसँग बजगाई पराजित भएका थिए । यो सँगै मकवानपुरगढीमा कांग्रेसले ५ वटा वडामा जित हासिल गरेको छ।
वडा नम्बर ६ बाट गाउँपालिका अध्यक्षलाई गठबन्धनका उम्मेदवार दोर्जेलामा स्याङ्तानले ६२३ र एमालेका उम्मेदवार विदुर हुमागाईले ९७१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार मानकुमारी पाख्रीनले ५६१ र एमालेका उम्मेदवार सन्तु थिङले ८५८ मत प्राप्त गरेका छन् ।


















