मकवानपुरगढीमा विजयी जुलुस, निर्वाचित जनप्रतिनिधिहरु जनताको घर दैलोमा ब्यस्त

हेटौंडा टुडे
२०७९ जेष्ठ ४, बुधबार २२:३२ गते

हेटौँडा ।  मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बिजयी भएसंगै आज निर्वाचित भएका अध्यक्ष दोर्जे लामा स्याङतान र उपाध्यक्ष मानकुमारी पाख्रीनले विजयी ¥याली निकालेका छन् । आज बिहान मकवानपुरगढी गांउपालिका वडा नम्बर २ सिखरकटेरि संयुक्त प्रचारप्रसार कार्यालयबाट मक्रान्चुली मनकामना मन्दिर, सामरीपुल हुदैं मकवानपुरगढी वडा नम्बर ५ सिमलटार , कालिवन, धादिङ, भालुखोला , डुम्ब्रेकुना , सुकौरा हुदैं बुढिचौरका मतदाताहरु सँग जीतको खुसीयाली साटासाट गर्दै घरदैलौ गरेका थिए । विजयी जुलुसमा मकवानपुरगढी ४ मा रहेको सहित रुद्र वाटिकामा माल्यार्पण र मनकामान मन्दिरहरुमा पुजा आजा समेत गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको हजारौं संख्यामा सहभागिता रहेको थियो । ¥यालीमा बुढीचौर भएर पुनः कुर्लेफाँट हुदैं शिखरकटेरी आई समापन गरेको थियो । विजयी ¥याली सम्म हजारौं संख्यामा कार्यकर्ता , नेता तथा मतदाताहरुहरुको सहभागितामा रहेको थिए । ¥यालीमा पञ्चेबाजा सहित वडाका विभिन्न टोलटोलमा पुगी नाचगान ,बाजागाजाका साथ रमाईलो गर्दै घ्दैलोमा सरिक भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*