हेटौंडामा/ नेपाली चलचित्र कबड्डी–४ की नायिका मिरुना मगर यतिखेर विवादमा परेकी छिन् । यसै सन्दर्भलाई लिएर मंगलबार हेटौंडामा मगर विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
स्वतन्त्र जनजाती अधिकार मञ्चले नायिका मगरले युवा भिक्षुलाई अपमान गरेको भन्दै हेटौँडाको बुद्ध चोकमा विरोध प्रदर्शन गरिएको हो ।
मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई मगरले सार्वजनिक स्थानमा थप्पड हिर्काएर प्रहरीको जिम्मा लगाएकि थिईन् ।
नायिका मगरले कुरै नबुझी एकजना सोझो भिच्छुलाई सार्वजनिक स्थानमा बेईजत गरेको भन्दै आफुहरुले विरोध प्रदर्शन गरेको हेटौँडाका दिनेश लामाले बताए । मगरले भिच्छुसँग सार्वजनिक रुपमा माफि माग्नुपर्ने उनिहरुको माग रहेको छ । उनिहरुले कबड्डी–४ को प्रदर्शन रोक्नुपर्ने समेत माग गरेका छन् ।
सेयर गर्नुहोस्